मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

श्रीलङ्कामा राष्ट्रपति सिरिसेनाको प्रजातान्त्रीक ब्यबस्था मास्ने प्रयास पुर्णत असफल



काठ्मान्डौ-

एजेन्सी

श्रीलङ्काको पुनर्स्थापित संसदले नवनियुक्त प्रधानमन्त्री महिन्दा राजापाक्षको विरुद्ध अविश्वासको प्रस्ताव पारित गरे पछी राष्ट्रपति मैत्रीपाला सिरिसेनाको प्रजातान्त्रीक ब्यबस्था मास्ने प्रयास असफल भएको छ ।

मंगलबार श्रीलङ्काको सर्वोच्च अदालतले राष्ट्रपति मैत्रीपाला सिरिसेनाले विघटन गरेको संसदलाई पुनःस्थापना गर्ने आदेश दिएलगत्तै संसदले सिरिसेना नियुक्त राजापाक्षलाई अश्विकार गरेको छ। सभामुख कारु जयसूर्याले २२५ जना सदस्य रहेको संसदले प्रधानमन्त्री विरुद्धको अविश्वासको प्रस्ताव पारित गरेको घोषणा गरेका हुन्। सिरिसेनाले गत अक्टोबर २६ मा प्रधानमन्त्री रनिल विक्रमासिङ्घेलाई बर्खास्त गरी पूर्व राष्ट्रपति महिन्दा राजापाक्षलाई प्रधानमन्त्री नियुक्त गरेका थिए।

संसदमा राजापाक्षको बहुमत पुग्ने नदेखिएपछि संसदको विघटन गरी आगामी जनवरी ५ मा आकस्मिक निर्वाचन गर्ने घोषणा राष्ट्रपति सिरिसेनाले गरेका थिए। प्रधान न्यायाधीश नलिन परेराको नेतृत्वमा भएको तीन सदस्यीय इजलासले अदालतले उक्त निर्वाचन पनि रोक्न आदेश दिए पछी राष्ट्रपति मैत्रीपाला सिरिसेनाको प्रयास सबै तिर बाट बिफल भएको हो ।

यस घटनाले सन्सारभरका लोकतन्त्र पक्षधर हरुलाई हौसला मिलेको छ । लोकतान्त्रीक ब्यबस्थाको बिरुद्दमा जान खोज्ने सन्सार का जुन सुकै सरकारहरुलाई यो घटनाले यौटा पाठ सिकाएको छ  भने दक्षिण एशियाली राष्ट्र श्रीलङ्का त्यहाँ उत्पन्न हुन सक्ने राजनितिक अस्थिरताबाट जोगिएको छ ।

 

 

प्रकाशित मिति : २८ कार्तिक २०७५, बुधबार  ७ : ०१ बजे