कांग्रेस नेता केसिको सरकारलाई प्रश्न साँढे, ३३ केजी सुन कहाँ छ ?



काठ्मान्डौ-

नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले प्रधानमन्त्री केपी शर्मा ओली जंगबहादुर बन्ने बाटोमा उन्मुख रहेको आरोप लगाएका छन् ।

रिपोर्टस क्लबमा बोल्दै उनले यस्तो बताएका हुन । प्रधानमन्त्रीले काम भन्दा बढि कुरा गरेको आरोप लगाउदै नेता केसिले सरकार असफलतातर्फ उन्मुख भएको र चुनावका बेला झुठको पुलिन्दा बाँडेको पुष्टि भएको दाबी गरे ।उनले  प्रधानमन्त्री ओलीले २५ अर्बभन्दा माथिका परियोजनाहरु आफू मातहात केन्द्रित गरेकोमा पनि आपत्ति जनाए ।

सत्तामा आउनुभन्दा पहिले ओली र प्रचण्डजीले भ्रष्टाचारीहरुलाई जेल हाल्छौं, कारबाही गर्छौं भनेर चर्को स्वरमा बोल्नुभयो  तर, सत्तामा आएपछि अहिलेसम्म केही भएको छ त ? बरु बुढीगण्डकी परियोजना बिना प्रतिष्पर्धा दिईयो ?  साँढे ३३ केजी सुन कहाँ छ ? यो प्रकरणमा पक्राउ परेकाहरुलाई किन गुपचुप राखिएको छ ? राख्नुपर्ने कारण के हो ? नेता केसिले सरकारलाई प्रश्न गरे

प्रकाशित मिति : कार्तिक ३०, २०७५ शुक्रबार  १ : २० बजे