मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एसिया प्यासिफिक समिट अबधिभर उपत्यकामा जोर बिजोर नम्बरका आधारमा मात्रै सवारी चल्न पाउने, आज बिजोर नम्बरको पालो



काठमाडौं मंसिर, १३–

उपत्यकामा आजदेखि आईतबारसम्म सवारी साधनमा जोर बिजोर प्रणाली लागु गरिएको छ ।  ट्राफिक प्रहरीले उपत्यकामा ४ दिन सवारी साधनमा जोर बिजोर प्रणाली लागु गरेको जनाएको छ ।

तीन देशका राष्ट्रपतिसहित ४५ देशका ५६७ जना पाहुना आउने भएपछि उनीहरूको आवतजावतलाई सहज बनाउन ट्राफिक प्रहरीले नागरिकका सवारीमा जोरबिजोर प्रणाली लागू गरेको हो।

महानगरिय ट्राफिक प्रहरी महाशाखाले ठूलो संख्यामा विशिष्ट विदेशी पाहुना आउने भएकाले समिट क्रममा सवारी जाम नहोस् भनेर जोर बिजोर नम्बरका आधारमा निजी तथा सार्वजनिक गाडी चलाउने तयारी भएको  जनाएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार मङ्सिर १३ बिहिबार नम्बर प्लेटको अन्तिम अंक विजोर (१,३,५,७,९) भएका गाडीमात्रै चल्न पाउनेछन्।

अत्यावश्यक सेवा र शैक्षिक संस्थाका सवारी साधनमा भने जोर बिजोर प्रणाली लागू नहुने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ ।

तीन देशका राष्ट्रपतिसहित ४५ देशका ५६७ जना पाहुना आउने भएपछि उनीहरूको आवतजावतलाई सहज बनाउन ट्राफिक प्रहरीले नागरिकका सवारीमा जोरबिजोर प्रणाली लागु गरेको हो।

समिटमा सहभागी हुन फिलिपिन्सकी उपराष्ट्रपति लेनी रोब्रेडो बुधबार काठमाडौं आइपुगिन्।  उनी १६ गते फर्कनेछिन्।

म्यानमारकी विदेश मन्त्री आङ सान सुकी आज नेपाल आउँदैछन्। उनले राष्ट्रपति, प्रधानमन्त्रीलाई भेट्ने कार्यक्रम छ।

आजै नै कम्बोडियाका प्रधानमन्त्री हुन सेन काठमाडौं आउनेछन्। उनले प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई भेट्ने कार्यक्रम छ।

यी दुबै जनाको भ्रमणका सरकारले सद्भावना भ्रमण भनेको छ। उनीहरू दुबै जना शुक्रबार स्वदेश फर्किनेछन्।

समिटमा सहभागी हुन ओसिनिया तीन देशका राष्ट्रपति पनि काठमाडौं आउँदैछन्।

रिपब्लिक अफ नाउरू, रिपब्लिक टुभालु र इन्डिपेन्डेन्टस् स्टेट अफ सामवा राष्ट्रपतिहरू समिटमा सहभागी हुनेछन्।

यीबाहेक १० देशका पूर्वप्रधानमन्त्री र राष्ट्रपति पनि सम्मेलनमा सहभागी हुनेछन्।

यसअघि गत भदौमा भएको बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) सम्मेलनका क्रममा तीन दिन जोर बिजोर प्रणाली लागु गरिएको थियो।

 

प्रकाशित मिति : १३ मंसिर २०७५, बिहिबार  ५ : ४३ बजे