मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निर्मलाका हत्यारालाई कार्बाहिको दायरामा नल्याइए आन्दोलनको आधिबेहेरी ल्याउने कांग्रेस सभापतिहरुको उद्घोश



१३ मङ्शिर काठ्मान्डौ-

हिजो देखी नुवाकोटको ककनीमा चलिरहेको कांग्रेस जिल्ला शभापतीहरुको भेला आज सकिदै छ । भेलामा बर्तमान सरकारका कामकार्बाहीहरु बारे ब्यापक छलफल भएको कांग्रेस सोलुका शभापती बिनोद बस्नेतले न्यू साञ्चारलाई बताए ।

बलत्कार पछी हत्या गरिएकी निर्मला पन्तको हत्यारा अहिले सम्म पत्ता नलगाएर सरकारले  देशको बेइज्जत गरेको शभापतिहरुको भेलाले निष्कर्श निकालेको र हत्यारा पत्ता लगाएर कार्बाहिको दायरामा ल्याउन सरकारलाई लिखित अल्टिमेटम दिने तयारी भेलाले गरेको छ ।

हत्यारालाई कानुनी कार्बाहिको दायरामा नल्याइए आन्दोलनको आधिबेहेरी ल्याउने कांग्रेसका जिल्ला सभापतिहरुले उद्घोश गरेका छन ।

तेस्तै भेलाले हेटौडामा सम्पन्न जिल्ला  सभापतीहरुको अघिल्लो भेलाले दिएका सुझाबहरु कांग्रेसको बिधानमा समेट्न पनि कांग्रेस केन्द्रिय समितिलाई दबाब दिने निष्कर्श निकालेको छ ।

नेपाली कांग्रेसलाई बर्तमान समय सन्दर्भ सगै रुपान्तरण गर्नु पर्ने आवश्यकतालाई ख्याल गर्दै भेलामा कांग्रेसको आसन्न महासमिती बैठकमा छलफल हुने राजनितिक र आर्थीक प्रस्ताबहरुका बारेमा पनि सभापतिहरुले बिषेश चासो राखेको कांग्रेस सोलुका शभापती बिनोद बस्नेतले न्यू साञ्चारलाई बताए ।

 

प्रकाशित मिति : १३ मंसिर २०७५, बिहिबार  ७ : २९ बजे