मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौंमा एसिया प्यासिफिक समिट्, १५०० विदेशी सहभागी हुँदै



मङ्शिर १४,काठ्मान्डौ-

नेपाल सरकार तथा सङ्घीय संसद् नेपालको सहयोगमा इण्टरनेशनल कन्फरेन्स अफ एशियन पोलिटिक्स (आइक्याप), युनिभर्सल पिस फेडेरेशन (युपिएफ), इण्टरनेशनल एशोसिएसन अफ पार्लियामेन्ट फर पिस (आइएपिपी) लगायत संस्थाले आयोजना गरेको एसिया प्यासिफिक समिट काठ्माण्डौमा शुरु हुँदै छ ।

 सम्मेलनले नेपालको पर्यटकीय प्रचारप्रसारमा समेत टेवा पुग्ने मानिएको छ । सम्मेलनमा सबै धर्मका मानिस र धर्मगुरुको पनि सहभागिता हुने छ ।

सम्मेलनमा छ राष्ट्र–सरकारप्रमुख तथा उपप्रमुख, पाँच प्रथम महिला, १० पूर्वराष्ट्र प्रमुख, एक उपप्रधानमन्त्री, पाँच सभामुख तथा उपसभामुख गरी ४५ देशका एक हजार ५०० विदेशी विशेष अतिथिको सहभागिता हुने आयोजकले जनाएको छ ।

सम्मेलनमा भाग लिन तथा नेपालको औपचारिक भ्रमणका लागि विभिन्न मुलुकका राष्ट्र–सरकार प्रमुख र विशिष्ट पाहुना काठमाडौँ आउने क्रम जारी छ । सम्मेलनले नेपालको सफल शान्ति प्रक्रिया र नयाँ संविधान निर्माणपछिको रुपान्तरणका प्रक्रियाका बारेमा विश्वव्यापी सन्देश जाने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : १४ मंसिर २०७५, शुक्रबार  ५ : ३८ बजे