मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदुषण नियन्त्रणको माग राख्दै नेबिसंघ आन्दोलनमा ‘माक्स मुभमेन्ट’ अभियान शुरु



मङ्शिर १४,   काठमाडौं –

उपत्यकामा देखिएको विकराल समस्या बढ्दो प्रदुषण नियन्त्रणको माग राख्दै नेपाल विद्यार्थी संघले ‘माक्स मुभमेन्ट’ अभियान सञ्चालन गरेको छ । प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा जीउन पाउँने अधिकारको ज्ञारेन्टी गर्न सरकारसंग माग गर्दै संघले केन्द्रीय सदस्य नवराज त्रिपाठीको संयोजकत्वमा आजदेखि उक्त अभियान सुरु गरिएको हो ।

संयोजक त्रिपाठीले भने, ‘संविधानले हामिलाइ मौलिक हक अन्तर्गत स्वस्छ बाताबरणमा बाच्ने हकको ब्यवस्था गरेको छ, तर प्रदुषण नियन्त्रणमा सरकारको ध्यान गएको देखिदैन ।’

उनले थपे, ‘त्यसैले हामी माक्स मुभमेन्ट अभियान छौँ, बालकुमारीमा रहेको एनसिआइटी कलेजमा हामीले महामन्त्री कुन्दन राज काफ्लेलाई एक समारोहका बीच ‘बाँच्न दे सरकार, सास फेर्न दे सरकार’ लेखिएको माक्स विक्री गरेर अभियानको सुभारम्भ गरेका छौँ । यो अभियानलाई लिएर हामी उपत्यकाको प्रत्येक कलेजहरुमा जान्छौँ ।’

राजधानीमा WHO को मापदण्ड भन्दा वार्षिक ५ गुणा बढी वायु प्रदुषण हुने गर्दछ । त्यसमाथि यो मौसममा १० गुणाभन्दा बढि वायु प्रदुषण वृद्धि हुने गर्दछ । प्रदुषणकै कारण नेपालमा वार्षिक दश हजार नेपालीले ज्यान गुमाउन गरेकोे तथ्यांकमा छ ।

नेविसंघले कञ्चनपुरकी १३ वर्षिय बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्यामा संलग्न अभियुक्तलाई तत्काल पक्राउ गरि कारवाहि गर्न, मुल्य वृद्धि नियन्त्रण र भ्रष्टाचार नियन्त्रणको माग राख्दै सरकार विरुद्ध विभिन्न अभियान सञ्चालन गर्दै आएको छ ।

प्रकाशित मिति : १४ मंसिर २०७५, शुक्रबार  २ : ३४ बजे