मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नायिका स्वस्तिमा खड्काको पारिश्रमिक उनी र प्रोडुसरबीचनै गोप्य



मङ्शिर्,१५ काठ्मान्डौ-

यो वर्षकै हिट फिल्म ‘नाई नभन्नु ल ५ ‘की चर्चित अभिनेत्री स्वस्तिमा खड्का यतिबेला निकै व्यस्त रहेकी छिन । उनलाई कहिले म्युजिक भिडियो, कहिले फिल्म, त कहिले केमा भ्याई-नभ्याई रहेको छ । शनिबार नेपाल टुरिजम बोर्ड स्थित’रग्वी फेस्टिभल तथा लाइभ म्यूजिक’का बारेमा जानकारी दिइन एक कार्यक्रमको आयोजना गरिएको थियो । जसमा अभिनेत्री खड्का पनि उपस्थित थिन ।

चलचित्रकर्मी,संगीतकर्मी लगाएतका विभिन्न व्यक्तिहरुको उपस्थितिमा सो कार्यक्रमको आयोजना गरिएको थियो । आयोजित कार्यक्रममा अभिनेत्री खड्कालाई पत्रकारहरुले सोधेका प्रश्नहरुको जवाफ दिनेक्रममा उनले आफ्नो पारिश्रमिकको बारेमा आमा-बाबु, दाजु-भाई तथा उनको श्रीमान निशललाई समेत थाहा नहुने बताएकी छिन । उनको पारिश्रमिकको बारेमा उनी र प्रोडुसरबीचनै गोप्य रहने बताइन ।

‘रग्वी फेस्टिभल तथा लाइभ म्यूजिक’ मा उनि तीन नेपाली गीतमा आफ्नो प्रस्तुति दिदैछिन भने उनका अलावा कार्यक्रममा सुगम पोखरेल, आशिष्गा राना लाउरे, नितेशजंग कुँवर, स्वप्न सुमन, डिजे सुरेन, डिजे कुइन् लगायत २ दर्जन भन्दा बढी कलाकारले आफ्नो प्रस्तुती दिनेछन ।

प्रकाशित मिति : १५ मंसिर २०७५, शनिबार  २ : ४१ बजे