मङ्शिर १७,काठ्मान्डौ-
पछिल्लो समय नेपालामा धमाधम हुन थालेका टेलिभिजन रियालिटी शोहरु नयाँ कलाकार बन्न चाहने हरुलाई कारीयार को ढोका बन्न थालेका छन ।
यसैबिच नयाँ कलाकारहरुलाई बारादान नै बनिरहेको चर्चित रियालिटी शो ‘टिभिएस अपाचे ‘द भ्वाइस अफ नेपाल’ नेपालको ग्राण्ड फिनाले देश बाहिर कतारमा हुने भएको छ । आइतबारको एपिसोडमा भ्वाइस अफ नेपालका आयोजकले ग्राण्ड फिनाले नेपाल बाहिर कतारको राजधानी दोहामा गर्ने जानकारी गराएका हुन् ।
पहिलो भ्वाइस अफ नेपाल चयन हुनेले २५ लाख नगद, कार र २० लाख बराबरको एल्बम कन्ट्र्याक पाउनेछन् । उनका अनुसार आगामी शनिबार अन्तिम ८ मा पुग्ने प्रतियोगीबीच प्रतिस्पर्धा हुनेछ भने त्यहाँबाट ग्राण्ड फिनालेमा पुग्ने प्रतिस्पर्धीबीच डिसेम्बर १४ मा कतारमा आफ्नो प्रस्तुति दिनेछन ।










