मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मिस वर्ल्ड २०१८ मा अन्तत : टप १२ बाट बाहिरिइन शृङ्खला खतिवडा



मङ्शिर २२ , काठ्मान्डौ-

मिस वर्ल्ड २०१ ८मा प्रतिस्पर्धा गरिरहेकी शृङ्खला खतिवडा टप ३० बाट टप २० हुँदै टप १२ सम्मको यत्रा गरेर अन्तत् : बाहिरिएकी छिन ।

चीनको सान्यामा चलिरहेको प्रतिस्पर्धामा खतिवडा अन्तिम १२ बाट बाहिरिएकी हुन्।

एसिया तथा आसियाना समूहबाट नेपाल, न्युजिल्यान्ड तथा थाइल्यान्ड अन्तिम १२ मा पर्न सफल भएका थिए। तर, न्युजिल्यान्ड र नेपाललाई पछि पार्दै थाइल्यान्डकी सुन्दरी निकोलिन लिम्सनिकान मिस एसिया र एसियाना घोषित हुँदै अन्तिम ५ मा परे सगै शृङ्खला बाहिरिएकी हुन ।

अन्तिम ५ मा थाइल्यान्डसँगै बेलारुस, जमैका, मेक्सिको र युगान्डाका सुन्दरीहरु परेका छन्। यीनै ५ देशका सुन्दरीबाटै यो वर्षको मिस वर्ल्ड घोषणा गरिने छ।

विश्वका १ सय २१ देशका सुन्दरीहरुको सहभागिता रहेको यस वर्षको मिस वर्ल्डमा शृंखला दुई अवार्ड हात पार्दै अन्तिम प्रतिस्पर्धामा छानिएकी थिइन्। उनी मल्टिमिडिया अवार्ड र ब्युटी विथ द प्रपोज गरी दुई अवार्ड हात पार्दै टप ३० मा परेकी थिइन्।

प्रकाशित मिति : २२ मंसिर २०७५, शनिबार  १ : ५१ बजे