काठ्माण्डौ-
एजेन्सि-
भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले ६३ औं अन्तर्राष्ट्रिय शतक प्रहार गरेका छन्।
पर्थमा भइरहेको अस्ट्रेलियाविरुद्धको दोस्रो टेस्टमा कोहलीले १ सय २३ रन जोडेका हुन्। कोहलीको यो टेस्ट क्रिकेटमा २५ औं शतक हो। कोहलीले एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा ३८ शतक प्रहार गरिसकेका छन्।
शतक बनाएसँगै कोहली सर डन ब्राडम्यापछि टेस्टमा छिटो २५ शतक प्रहार गर्ने खेलाडी बने। ब्राडम्यानले ६८ इनिङमा २५ शतक बनाएका थिए। कोहलीले १ सय २७ इनिङमा बनाए। सचीन तेन्दुल्करले १ सय ३० र सुनील गावस्करले १ सय ३८ इनिङमा २५ शतक बनाएका थिए।










