मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आफ्नै डोजरले बाटो खन्न खोज्ने गाउपालिकाका अध्यक्षको बिरोध गर्दा सोलुखुम्बुमा कांग्रेसका ४ जना युबा पक्राउ



पुस ३,सल्लेरि-

सोलुखुम्बु जिल्लाको माप्य दुधकोशी गाउपालिकाको बासामा सडक निर्माण्को बिषयमा गाउपालिका अध्यक्ष र स्थानिय युबा बिच बिबाद हुँदा ४ जना कांग्रेसका स्थानिय नेता सहित अन्य केहिलाई प्रहरिले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कांग्रेसका स्थानिय नेताहरु जङग बहादुर राइ,सुबास राइ,खेम प्रसाद राइ र सन्तोश राइ लगायत छन ।

गाउपालिकाका अध्यक्ष बुद्दीकिरण राइले सडक निर्माण गर्न आमभेला मार्फत गठन गरिएको उपभोक्ता समितिलाई बिगठन गर्न खोजेको स्थानियले बताएका छन ।

त्यही उपभोक्ता समितिले सडक खन्ने भए गाउपालिका अध्यक्ष राइले आफ्नै डोजर प्रयोग गर्नेपर्ने या कमिसन दिनुपर्ने माग गरेपछी बिबाद शुरु भएको बताइएको छ ।

कांग्रेसका जिल्ला नेताहरुले बिज्ञप्ती निकालेर घटनाको भर्त्सना गरेका छन । साथै नेताहरुले पक्राउ परेका सबैलाई बिनासर्त तत्काल रिहाइ गर्न समेत माग गरेका छन ।

बिज्ञप्ति-

प्रकाशित मिति : ३ पुस २०७५, मंगलबार  २ : ३९ बजे