मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस महासमिती बैठक : पार्टी कस्तो बनाउने भन्दा पनि नेताहरुलाई आफु र आफ्नो समुहको चिन्ता बढी



६ पुस, काठमाडौं –

अघिल्लो निर्बाचनमा नराम्रो पराजय भोगेको कांग्रेसको महासमिती बैठक चली रहेको छ ।जारी महासमिती बैठकले अघिल्लो निर्बाचन परिणामको निष्पक्ष बिबेचना  र समिक्षा  गर्ने, कम्युनिष्ट सरकारको अगुवाइमा देशमा बढ्दै गरेको भ्रष्टाचार बिरुद्दको अभियान सहित शुसासनको स्पस्ट खाका दिने र समयनुकुल बिधान परिमार्जन गरी पार्टी लाई नयाँ उत्साह दिने र पार्टिको नयाँ ढङ्गले ब्यबस्थापन गर्ने जनता, कार्यकर्ताहरुको अपेक्षा बिपरित पार्टी नेताहरु अगमी महाधिबेसनमा आफु र आफ्नो समुह कसरी बलियो हुन्छ त्यही अनुरुपको बिधान र निती ल्याउन तल्लिन देखिएका छन ।

यसैबिच  शिर्ष नेताहरु बिचमा सहमती खोज्दै जादा  नेपाली कांग्रेसको पदाधिकारी संख्या १३ पुग्ने भएको छ । शीर्ष नेताहरुले सहमहामन्त्रीको संख्या ७ पुर्‍याउने सहमति गरेका छन् भने मिल्न बाकी अन्य केहि बिषयहरुमा छलफल चल्दै गरेको नेताहरुले बताएका छन ।

नेपाली कांग्रेसमा नेताहरुको नयाँ सहमती अनुसार अब उपसभाति, महामन्त्री २/२ जना हुनेछन् भने समहामन्त्री ७ जना रहनेछन्  ।

सभापतिले देउबा निकट समुहले सबै पदाधिकारी निर्बाचित हुँदा शभापती कमजोर हुने तर्क गर्दै कम्तीमा एक जना उपसभापति मनोनयन गर्न पाउने व्यवस्थाका लागि देउवा पक्षले अडान लिएको छ भने पार्टिका अन्य शिर्ष नेताहरु सबै पदाधिकारीहरु निर्बाचित हुनुपर्ने अडानमा छन ।

नेताहरुका बिचमा सहमती नबन्दा पुस ३ गते सकिने भनेको महासमिती बैठक लम्बिएर अहिले सम्म चलिरहेको छ ।

काठ्माण्डौ यगम्बर  पार्टी प्यालेसमा शुरु गरिएको महासमिती बैठक हिजो बाट पार्टी कार्यलय सानेपामा चलीरहेको छ ।

जारी महासमिती बैठकले कांग्रेशको गतिशिलता बढाउने अहिलेका चुनौती र समसामयिक बिषयहरुमा नयाँ दृष्टिकोण बनाउने र पार्टी भित्र शुद्दिकरण गर्ने अपेक्षा राखिएको भय पनि नेताहरु आगामी महाधिबेषन मा कसरी आफु र आफ्नो समुह बलियो हुन्छ त्यही आधारमा पार्टिको बिधान शम्सोधन गर्ने र आफु अनुकुल निती बनाउने खेलामा लागेको अधिकाम्श महासमिती सदस्य हरुले आक्रोश पोख्न थालेका छन ।

प्रकाशित मिति : ६ पुस २०७५, शुक्रबार  ७ : २९ बजे