मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चलचित्र  गोपीको ट्रेलर सार्वजनिक:गाई गोठालोको भूमिकामा देखिए बिपिन कार्की



काठ्माण्डौ,पुस ५-

नेपाली चलचित्र  गोपीको ट्रेलर सार्वजनिक भएको छ । काठमाण्डौमा एक कार्यक्रम गर्दै निर्माण टिमले ट्रेलर सार्वजनिक गरेको हो । यसअघी फिल्मको एक गीत र पोष्टर सार्वजनिक भइसकेको छ । फिल्ममा विपिन कार्की, सुरक्षा पन्त र वर्षा राउत मुख्य भूमिका प्रस्तुत छन्।

ट्रेलरमा मौलिक र पेचिला संबादलाई समेटिएको छ । देशमै केही गर्छु भन्ने अभिलाषा बोकेका गाईपालक विपिनलाई घर परिवार र समाजबाट गरिएको अपेक्षा र गाई पाल्ने क्रममा आइपर्ने विभिन्न बाधा ब्यवधानको वरिपरी फिल्मको कथा घुमेको आंकलन फिल्मको ट्रेलर हेरेर गर्न सकिन्छ ।

आरोही इन्टरटेनमेन्टको ब्यानरमा बनेको फिल्मलाई दिपेन्द्र लामाले निर्देशन गरेका हुन् भने पटकथा सामिप्यराज तिमल्सेनाको रहेको छ । आरोही केसीको निर्माण रहेको फिल्मका कार्यकारी निर्माता श्रीधर पौडेल हुन् । फिल्ममा शैलेन्द्र डि कार्कीको छायाङ्कन र निमेष श्रेष्ठको सम्पादन रहेको छ ।

ट्रेलर-

प्रकाशित मिति : ६ पुस २०७५, शुक्रबार  ३ : ०९ बजे