काठ्माण्डौमा सास फेर्नै मुश्किल्, प्रदुषणले प्रत्येक बर्ष १० हजारको मृत्यु



काठमाडौं —

बिभिन्न खाले प्रदूषणले काठमाडौंको जनजीवन नराम्ररी प्रभावित भएको छ। सवारीसधानले फालेको धुवाँ, साडकको धुलो र अन्य प्रदूषणले पैदल हिँड्न र सास फेर्न कठिन भइरहेको र पछिल्लो समय प्रदुषणको मात्रा झनै बढी रहेको तथ्याङ्क हरुले देखाएका छन ।

सरकारले भने पेट्रोलियम पदार्थबाट डिजेल र पेट्रोल प्रयोग गरेबापत उपभोक्ताबाट प्रतिलिटर ५० पैसा प्रदूषण शुल्क लिइरहेको तर वायु प्रदूषण नियन्त्रण गर्न उपभोक्ताबाट उठाइएको रकम प्रदुषण कम गर्ने कार्यक्रमकालागी खसै खर्च गरेको छैन ।

यसरी उठाएको रकम पाँच अर्बभन्दा बढी पुगेको छ। नेपाल आयल निगमले २०६६ सालदेखि डिजेल र पेट्रोलमा प्रतिलिटर ५०÷५० पैसाका दरले उठाएर सरकारलाई बुझाउँदै आएको छ।

विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा वायु प्रदुषणका कारण लाग्ने रोगबाट प्रत्येक बर्ष १० हजारको मृत्यु हुने गरेको छ । आजको नागरिक दैनिकमा यो खबर छ ।

प्रकाशित मिति : ७ पुस २०७५, शनिबार  ४ : ४१ बजे