सरकार र सुशासन बिचको सम्बन्ध अब केहि बाकी रहेन : कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा



पुष २०,काठ्माण्डौ-

समाचार डेस्क, न्यू स्ञ्चार-

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीको नक्कली प्वांख क्रमशः झर्दै जान थालेको टिप्पणी गरेका छन्

प्रबक्ता शर्माले ट्विटरमा लेख्दै अब यो सरकार र सुशासनको बिचको समबन्ध सकिएको बताएका छन । वाइड बडी खरिदका दोशी र भ्रस्टाचारीहरुलाई जोगाउन सरकारले दुइ तिहाइको तागत खर्च गरिरहेको भन्दै प्रबक्ता शर्माले भ्रस्टाचारिहरुलाई जोगाउन जनाताले दुइ तिहाइ मत दिएका हुन भनि प्रश्न गरेका छन ।

प्रवक्ता शर्माले बिहीबार ट्वीट गर्दै भनेका छन्, ‘केपी कमरेडको रामराज्यमा कञ्चनपुरकी बालिकाले न्याय पाइनन्, कैलालीका अधबैंसे गोरखा दक्षिण बाहु थाप्दैछन् ! हिजोको भाषण र आजको सुशासनवीच नाता सकियो !’

‘मयुरको नक्कली प्वांख क्रमशः झर्दैछ । एसएसपी लक्ष्मण न्यौपाने, दुधे बालक, प्रहरी जवानहरु र आफ्नै शब्द सम्झनाले पोल्दैन यहाँलाई ?’, प्रवक्ता शर्माले प्रधानमन्त्री कार्यालयलाई मेन्सन गर्दै ट्वीट गरेका छ ।

‘संवैधानिक सर्वोच्चता साझा सहमति र मुलुकको अग्रगतिको मूल बाटो हो’, प्रवक्ता शर्माले भनेका छन्, ‘निश्चित दल विशेषको सरकारलाई गणितीय बल थप्ने नाममा यो दायरा उलंघन गरिनु नैतिक र राजनैतिक दुवै कोणबाट गलत छ ।’

उनले भनेका छन्, ‘अदालतमा विचाराधीन मुद्दाका मुख्य आरोपीलाई ताजपोशी गराउने तयारीले कानूनी राज्यको खिल्ली उडाएको छ ।’

कम्युनिस्ट सरकारले कैलालीको टीकापुर हत्याकाण्डका मुख्य आरोपीलाई बिहीबार सपथ गराउने तयारी गरेपछि कांग्रेसका प्रवक्ता शर्माले आफ्नो धारणा दिएका हुन् ।

टीकापुर हत्याकाण्डका दोषी रेशम चौधरी लगायतलाई ओलीले अपराधी भनेका थिए । ‘प्रहरीमाथि आक्रमण गर्नेहरु अपराधी हुन्’, ओलीले टीकापुर हत्याकाण्डबारे प्रतिक्रिया दिँदै त्यस बेला भनेका थिए ।

प्रकाशित मिति : पुस २०, २०७५ शुक्रबार  ९ : ३५ बजे