मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘सानो मन’को शुभ मुहूर्त सम्पन्न, चलचित्रमा आयुष्मान र शिल्पाको जोडी जम्दै



काठ्माण्डौ-

अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री शिल्पा मुख्य अभिनय रहने फिल्म ‘सानो मन’ को शुभ मुहूर्त सम्पन्न भएको छ । केही दिन अगाडि औपचारिक घोषणा गारिएको फिल्मको बिहीवार काठमाडौंको कमलादी स्थित रहेको गणेशस्थान मन्दिरमा मुहूर्त गरिएको हो ।

मुहूर्तसँगै छायांकन सुरु गरिएको उक्त फिल्मको छयांकन काठमाडौं, भैरहवा, हङकङ र मकाउमा हुने फिल्ममा हङकङ निवासी सुयोग गुरुङको  निर्देशनमा बन्न लागेको हो भने  म्यूजिकल लभस्टोरी जनरामा निर्माण हुने फिल्ममा आयुष्मानले निर्वाण र शिल्पाले सानियाको भूमिका निर्वाह गर्दै छन् ।

फिल्मका निर्माताहरु योगेश गुरुङ, राजिव श्रेष्ठ र राजेन्द्र मानन्धर हुन् । फिल्म ओपिजी फिल्मस् र ए प्लस इन्टरटेन्मेन्टको ब्यानरमा  फिल्म बन्न लागेको हो ।

समिर सुनवार र निर्देशक गुरुङको लेखनमा फिल्म बन्न लागेको हो । फिल्ममा साजन सिंहको कोरियोग्राफी रहने फिल्मलाई आलोक शुक्लाले खिच्ने छन् । फिल्ममा गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्ट लगायतका कलाकारहरुको अभिनय रहनेछ ।

प्रकाशित मिति : १० माघ २०७५, बिहिबार  ११ : १८ बजे