मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चलचित्र ‘जोकर’ को ट्रेलर युट्युबमा रिलिज (भिडियो सहित्)



काठ्माण्डौ-

आउदो फागुन ३ देखि  प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘जोकर’ को ट्रेलर युट्युबमा रिलिज भएको छ । ट्रेलर हेर्दा कमेडी कथाबस्तुमा बनेको यो चलचित्रबाट दर्शकले भरपुर मनोतञ्जन लिन सक्ने देखिन्छ ।

मोडल सिम्पल खरेलले यसै चलचित्र मार्फत चलिचित्रक्षेत्रमा डेब्यु गरेकी छन । विशेष पन्तको लेखन रहेको यस चलचित्रमा सुरेन्द्र केसी, शिव शंकर रिजाल, अन्जु थापा, बाल कलाकार रिहानराज गिरि, नवराज श्रेष्ठ, मेरी बांसैकि अप्सरा, राजेन्द्र गिरि, विनोद राई, बिशेष पन्त, र नव नायिका सिम्पल खरेलको अभिनय रहेको छ भने चलचित्रलाई गणेश श्रेष्ठ , कर्ण बहादुर तामाङ्ग , केदार प्रसाद रईला , सामन र रेहान तथा कुमार सिलवालले संयुक्त रुपमा निर्माण गरेका छन । चलचित्र यहि आउदो फागुन ३ देखि देशभर एकैसाथ प्रदर्शनमा आउने निर्माण टिमले बताएको छ । चलचित्रलाई रिच ईन्टरटेर्मेण्ट अर्थात् करण श्रेष्ठ क्रेजीले  बितरण गर्दै छन ।

ट्रेलर भिडियोमा हेर्नुहोस्-

 

प्रकाशित मिति : ११ माघ २०७५, शुक्रबार  ६ : ५२ बजे