मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

झुक्यो सरकार : हिरसतमा रहेका नेविसंघ नेताहरु साधारण तारेखमा रिहा



माघ २५,पोखरा-

सरकारी गाडि जलाएको आरोपमा हिरासतमा परेका नेविसंघका नेता साधारण तारेखमा रिहा भएका छन्  । पोखरामा सरकारी सवारी साधनमाथि आगजनी गरेको आरोपमा पक्राउ परेका नेविसंघ नेता परशुराम बस्नेत, डिफान भुजेल, बिनय पौडेललाई शुक्रबार जिल्ला अदालत कास्कीले साधरण तारिकमा रिहा गरेको हो  । प्रहरीले उनिहरुलाई १९ गते पक्राउ गरेको थियो ।

रिहा भएका नेताहरुलाई नेविसंघ महामन्त्री कुन्दनराज काफ्ले, उपाध्यक्ष डिल्लीराम सुवेदी, केन्द्रीय सदस्य नवराज त्रिपाठी लगायतले स्वागत गरेका हुन् । उनिहरु पोखरामा पुगेर हिरासत मुक्त भएका नेविसंघ नेताहरुलाई स्वागत गरेका हुन ।। सरकारको गलत कामको बिरुद्ध नेपाल विद्यार्थी संघले देशभर प्रर्दशन गर्दै आएको थियो ।

यसअघि  सरकार बिरुद्द नेविसंघले पार्टिको निर्देशन अनुसार देश्ब्यापी बिरोध प्रदर्शनहरु गरेको थियो । सरकारबिरोधी प्रदर्शन अझै पनि जारी राखिने  नेताहरुले बताएका छन ।

प्रकाशित मिति : २५ माघ २०७५, शुक्रबार  २ : ४७ बजे