मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस सभापति शेरबहादुर देउवाले भने- सरकारले चाहे निर्मला हत्याकाण्डका दोषीलाई तत्काल पक्राउ गर्न सक्छ



काठ्माण्डौ-

नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले चाहे निर्मला हत्याकाण्डका दोषीलाई पक्राउ गर्न सक्ने बताएका छन ।

नेपाली कांग्रेस भक्तपुरले शुक्रबार आयोनना गरेको एक कार्यक्रममा सभापति देउवाले सरकारले नचाहेकाले निर्मला हत्याकाण्डको दोषी पक्राउ पर्न नसकेको बताए ।

उनले सरकारले एक वर्षको अवधिमा नागरिकले परिवर्तन र राहतको महसुस गर्ने गरी उपलब्धिमूलक काम गर्न नसकेको आरोप पनि लगाए ।

देउवाले भने, ‘देशमा हत्या, हिंसा, बलात्कारका घटना बढे पनि सरकारले दोषीलाई कारबाही गर्न सकेको छैन, यस्ता घटना नियन्त्रण गर्न पनि सरकार असफल भयो सरकारले चाहे निर्मला हत्याकाण्डका दोषीलाई पक्राउ गर्न सक्छ तर सरकारले चाहेन ।’

प्रकाशित मिति : ४ फाल्गुन २०७५, शनिबार  ११ : ०४ बजे