मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सीके राउत सग शंकास्पद, सहमति गर्ने प्रधानमन्त्रीले राजीनामा दिनुपर्छः कांग्रेस युवा नेता प्रदीप पौडेल



काठमाडौं चैत, १–

पछिल्लो समय वर्तमान ओली सरकार र स्वतन्त्र मधेको नारासहित नेपाल देश टुक्रयाउछु भन्दै हिड्ने सिके राउतबीच भएको ११ बुँदे सम्झौता भएको छ । यो सहमतिलाई लिएर प्रधानमन्त्री ओली र सरकारको सर्वत्र आलोचना समेत भएको छ । यही बिषयमा केन्द्रीत भएर नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलसँग गरिएको कुराकानीको आधारमा तयार गरिएको सामाग्रीको अंशः

नेपाली कांग्रेसका युवा नेत प्रदीप पौडेलले सरकार र सीके राउतबीचको सहमती शंकास्पद भएको बताएका छन् । नेता पोडेलले यस्तो शंकास्पद सहमति गर्ने प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने माग समेत गरेका छन् । नेपाल देश टुक्रयाउछु भन्दै हिड्ने स्वतन्त्र मधेको नारा लगाउने सिके राउतबीचको सम्झौतालाई गुपचुपमा गरिएको नाटक भएको पौडेलको तर्क छ । सरकारले हतारमा आफूले मात्र जस लिन एकदमै ठुलो काम गरेको भान पार्न खोजेको छ पौडेलको भनाइ छ । उनले यो सम्झौता दुई अर्थ लाग्ने भएको भन्दै सम्झौताले विखण्डन रोक्ने भन्दा पनि देश टुक्राउन प्रसय दिने खालको भएको दाबी गरे ।
नेता पौडेलले सरकार सीकेसँगको सम्झौता नै ठुलो काम हो भन्ने रणनीतिक प्रचारमा लागेको आरोप लगाए । पछिल्ला दिनमा प्रधानमन्त्री ओली समेत सहमतिको पक्षमा बोल्दै सीकेकै पक्षमा उभिएको आरोप लगाए ।
प्रधानमन्त्रीले के के नै गरे भन्दै सम्झौता गर्ने तर त्यसको मसी सुक्न नपाउदै अहिले देश टुक्राउन पाउ भन्दै नारा लाग्नुले सहमतिप्रति नै शंका उत्पन्न भएको नेता पौडेलको तर्क छ ।
प्रधानमन्त्री जस्तो गरिमामय पदमा बसेको व्यक्तिले प्रचारका लागि मैले सीकेलाई मिलाएको हुँ भन्दै सुरक्षागार्ड दिएर पठाएकोे भोलिपल्टै उनी जनकपुर आफ्नै सेना÷कमाण्डो प्रर्दशन गर्नु सोचनिय बिषय भएको पौडेलले बताए । उनले प्रश्न गरे, ‘किन उनलाई आफ्नै सेनाले सुरक्षा दियो ? कतै देश बिखण्डनका निम्ति वातावरण सृजना गरिसकेका त छैनन् ?
उनले भने, ‘प्रधानमन्त्रीले पदीय मर्यादा अनुसार व्यवहार गर्न नजानेको विषय हो यो ।’
उनले थपे, ‘अर्को कुरा सम्झौता गर्ने पक्ष इमादार नभएर नियम उल्ङघन गरेपछि अब सरकारले भन्नु पर्यो कि हामीले धेरै गृहकार्य नगरी, धेरै सोधपुछ नगरी गरेको सम्झौता धोकापुर्ण भयो, हामीबाट ठुलो गल्ती भयो तसर्थ हामी देशबासीसमक्ष माफी चाहन्छौ ।’
प्रधानमन्त्री जस्तो गरिमामय पदमा बसेर गरेको निर्णय परिपक्क हुनुपर्ने हो तर सबै कुरा हावादारी र दम्भले भरिपुर्ण भएको नेता पौडेलको भनाइ छ । उनले भने, ‘जुनसुकै विषयमा पनि जनमत संग्रह हुने भनेपछि देश टुक्राउने खेलमा प्रधानमन्त्री पनि संलग्न छन् भन्ने बुझ्न सकिन्छ ।’ यो सम्झौतामा प्रधानमन्त्रीको समेत गम्भिर त्रुटी रहेकाले अब प्रधानमन्त्री ओलीले पदबाटै राजीनामा दिनुपर्ने उनको भनाइ छ । उनले भने, ‘राष्ट्रघात गर्ने मानिसले पदमा बसिरहन सुहाउदैन ।’

(नेता पौडेलसगको कुराकानिमा आधारित्)

प्रकाशित मिति : १ चैत्र २०७५, शुक्रबार  ३ : १८ बजे