चैत ५,काठ्माण्डौ-
सोमबार बसेको नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठकले नेत्रबिक्रम चन्दको नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टीलाई हत्या, हिंसा र चन्दा आतङ्कको मार्ग परित्याग गरेर शान्तिपूर्ण राजनीतिमा आउन अपिल गरेको छ भने निषेधको मार्गबाट होइन वार्ताको माध्यमबाट सो समूहलाई विश्वासमा लिन शासकीय योग्यता प्रस्तुत गर्न सरकारलाई आग्रह समेत गरेको छ ।
दशक लामो हिंसाबाट जर्जर भएको मुलुकले भर्खरै मात्र शान्ति प्राप्त गरेको स्मरण गर्दै बैठकले सत्तारुढ र विद्रोही दुबै नेकपालाई नागरिकको जीवनप्रति गम्भीर बन्न सचेत गराएको छ ।
तेस्तै बैठकले सरकार र सिके राउत बिच भएको सम्झौता प्रती इङ्गित गर्दै तराई–मधेश लगायत मुलुकको सबै भू–भागका आम नेपालीको भावना अविभाज्य नेपाल रहेको तथ्य पनि स्मरण गराएको छ ।








