चैत १०, बर्दिया-
नेपाली कांग्रेस बर्दियाको नयाँ पार्टी कार्यालय भवनको आज नेपाली कांग्रेसका महामन्त्री डा सशांक कोइरालाले उद्घटन गरेका छन । नबनिर्मित ‘कृष्ण दिव्या स्मृति भवन’ को महामन्त्री कोइरालाले उद्घाटन गरेका हुन ।
नेपाली कांग्रेसका संस्थापक नेता एबम जननायक बिपी कोइरालाका पिता कृष्ण प्रसाद कोइराला र माता दिव्या कोइरालाको स्मृतिमा बर्दिया पार्टी कार्यलको नाम ‘कृष्ण दिव्या स्मृति भवन’ राखिएको हो ।

पार्टी कार्यालय भवनको उद्घघाटन तथा कार्यकर्ता भेला लाई सम्बोधन गर्दै महामंत्री कोईरालाले असन्तुष्ट समुहलाई सरकारले तत्काल बार्तामा बोलाउनु पर्ने बताए ।कोइरालाले सरकारले बिद्रोही पक्षलाइ प्रतिबन्ध लगाउदा राष्ट्र झन द्वन्दमा जाने भन्दै कुनै पनि समुहसंग बार्ता गरेर देशलाई शान्ती र स्थायित्वको बाटोमा हिडाउने सरकारको पहिलो दायित्व भएको बताए ।

कार्यक्रममा नेपाली कांग्रेस केंद्रीय सदस्य दीपक गिरी, किसोर सिंह राठौर,कल्याण गुरुंग पूर्व सांसद कृष्ण किसोर घिमिरे गोपाल दहित नेता महेंद्र शर्मा ,नेपाली कांग्रेस बर्दिया शभापति संजय गौतम लगायतले धारणा राखेका थिय ।
महामन्त्री कोइराला विभिन्न जिल्ला भ्रमण तथा पार्टिका नेता कार्यकर्ता भेट्घाट र बिभिन्न कार्यक्रममा सारीक हुन हाल ५ नम्बर प्रदेशका विभिन्न जिल्ला भ्रमणमा रहेका छन । कोइरालालाई अगामी महाधिबेशनबाट नेपाली कांग्रेसको भाबी सभापतिको रुपमा हेरिएको छ ।








