काठमाडौं-
एसईई परीक्षा सकेर त्रिशुली नदिमा नुहाउन गएका एक विद्यार्थी त्रिशुली नदिमा डुबेर बेपत्ता भएका छन् ।
गण्डकी गाउँपालिका–६ बन्टारका १ कमल चेपाङ सोमबार दिउँसो एसईई दोस्रो दिनको नेपाली विषयको परिक्षा सकेर त्रिशुली नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका हुन् ।
बेनीघाट रोराङ गाउँपालिका–७ चरौंदी नजिकै नुहाउन गएका कमल पौडी खेल्ने क्रममा बेपत्ता भएको प्रहरीले जनाएको छ ।
घ्याल्चोकमा डेरा लिएर बसेका कमल स्कुलका जेहेन्दार विद्यार्थी रहेको स्थानियले बताएका छन ।
हालसम्म शव फेला नपरेको र नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयहरु मिलेर बेपत्ता कमलको शव खोजी भइरहेको प्रहरीले जनाएको छ ।