परोपकारको प्रेरणाबाट शुरु भएको नेपाल संवत मौलिकता र स्वाभिमानको प्रतिकः प्रधानमन्त्री साह



काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहले नेपाल संवत नेपालको मौलिकता, राष्ट्रियता र ऐतिहासिक स्वाभिमानको प्रतिक भएको बताएका छन् ।

नेपाल संवत ११४७ न्हुँद नेपाल नयाँ वर्षको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री शाहले कुनै शासकीय शक्तिबाट नभई एक परोपकारी र त्यागी नागरिकको प्रेरणाबाट नेपाल संवत शुरु भएको उल्लेख गरेका छन।

सामाजिक सञ्जालबाट शुभकमना दिदै ले लेखेका छन्, “राष्ट्रिय विभूति शङ्खधर साख्वाःले देशभरका जनतालाई ऋणमुक्त पारेर सुरु गर्नुभएको नेपाल संवत् चन्द्रमामा आधारित हाम्रो मौलिक समयचक्र र पहिचान हो।आजैका दिन नेवार समुदायमा हर्षोल्लासपूर्वक मनाइने ‘म्ह पूजा’ को मर्म अति गहिरो छस ‘म्ह’ अर्थात् आफ्नै देह र शरीरभित्रको चेतनालाई साक्षी राखेर, अष्टचिरञ्जीवीको प्रतीक मण्डपमा आफैँले आफैँलाई पूजा गर्ने यस परम्पराले आत्मशुद्धि र चेतनाको बोध गराउँछ। यो मौलिक परम्पराले नेवार समुदायभित्र आपसी सद्भाव, आत्मबल र पुर्ख्यौली संस्कृतिको जगेर्ना गर्दै जातीय एकतालाई अझ प्रगाढ बनाउने गरेको छ, जुन हाम्रा लागि गौरवको विषय हो।”

प्रकाशित मिति : कार्तिक २४, २०८३ मंगलबार  ११ : ५८ बजे