आगामी ४ बर्षभित्र नेपालमा एक खर्ब भन्दा बढी लगानी गर्ने आईएफसीको घोषणा



चैत १६, काठ्माणडौ-

अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)का उपाध्यक्ष पिटर लेन्क्सले नेपालामा चलिरहेको लगानी सम्मेलनलाई सम्बोधन गर्दै नेपालमा आगामी चार वर्षमा एक अर्ब अमेरिकी डलर लगानी गर्ने योजना बनाइएको बताएका छन । उनले नेपालमा लगानीका लागि आईएफसीले कुन्जुस्याइँ नगर्ने भन्दै त्यसका लागि निजी क्षेत्र पनि शशक्त र तयार रहनुपर्ने बताए ।

उनले निजी क्षेत्रलाई आधुनिक बन्न आग्रह गर्दै प्रतिस्पर्धामा आउन, समाजिक र पर्यावरणीय मानकलाई मान्न विदेशी पुँजी र विशेषज्ञतालाई पनि स्वागत गर्न तयार रहनुपर्ने बताए ।

आईएफसी नेपालको पुरानो विकास साझेदार हो । उसले नेपालमा लगानी गर्न थालेको ५० वर्ष भइसकेको छ । निगमले काठ्माण्डौमा जारी लगानी सम्मेलनमा सहभागिता जनाउदै आगामी चार वर्षमा एक अर्ब अमेरिकी डलर लगानी गर्ने घोषणा गरेको हो । निगमले सरकार र निजी क्षेत्रलाई विभिन्न आयोजनामा सघाउने गर्ने गरी यस्तो लगानी गर्ने लागेको निगमका उपाध्यक्ष पिटर लेन्क्सले बताए ।

प्रकाशित मिति : चैत्र १६, २०७५ शनिबार  ११ : ४२ बजे