सोलुखुम्बु-
सोलुखुम्बुबाट काठमाडौंका लागि छुटेको बा १६ च २२०७ नम्बरको स्कारपियो जिप ओखलढुंगाको मानेभज्याङ गाउँपालिका ६ हिलेपानीमा दुर्घटना हुँदा ६ जनाको घटना स्थलमै ज्यान गएको छ ।
दुर्घटनामा परी ज्यान गुमाउने तथा दुर्घटनामा पर्नेहरुको पहिचान खुल्न सकेको छैन । जिल्ला प्रहरी कार्यलयबाट प्रहरी प्रमुख पुष्पराज मल्ल नेतृत्वको टोली घटना स्थलतर्फ प्रस्थान गरिसकेको छ ।घटनाको विषयमा थप विवरण आउन बाँकी छ ।








