सोलुखुम्बुबाट काठमाडौ आउँदै गरेको स्कारपियो  जिप दुर्घटना हुँदा ६ जनाको घटना स्थल मै मृत्यु



सोलुखुम्बु-

सोलुखुम्बुबाट काठमाडौंका लागि छुटेको बा १६ च २२०७ नम्बरको स्कारपियो  जिप  ओखलढुंगाको मानेभज्याङ गाउँपालिका ६ हिलेपानीमा दुर्घटना हुँदा ६ जनाको घटना स्थलमै ज्यान गएको छ ।

दुर्घटनामा परी अन्य चालकसहित अन्य ३ जना गम्भिर घाइते भएका छन् ।सडकबाट अन्दाजी ३ सय मिटर तल खोलामा खसेको घटनास्थलबाट उद्धारकार्यमा खटेका प्रहरीले जनाएका छन ।

दुर्घटनामा परी ज्यान गुमाउने तथा दुर्घटनामा पर्नेहरुको पहिचान खुल्न सकेको छैन । जिल्ला प्रहरी कार्यलयबाट प्रहरी प्रमुख पुष्पराज मल्ल नेतृत्वको टोली घटना स्थलतर्फ प्रस्थान गरिसकेको छ ।घटनाको विषयमा थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : चैत्र १७, २०७५ आइतबार  ७ : १२ बजे