नेशनल लाइफ इन्स्योरेन्सद्वारा ३० औं वार्षिक साधारण सभा सम्पन्न



काठमाडौं चैत, १७–
नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको ३० औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीले यही चैत १५ गते बार्षिक साधारण सभा सम्पन्न गरेको जानकारी दिएको छ ।
साधारण सभामा कम्पनी अध्यक्ष प्रेमा सिंहले आर्थिक बर्ष २०७३—०७४ मा कम्पनीले सन्तोषजनक प्रगति गरेको बताउउँदै सो वर्ष कूल पाँच सय छ करोड रुपैैयाँ बीमा शुल्क आर्जन भएको र एक सय ६९ करोड रुपैयाँ कुुल दावी भुक्तानी गरेको एवं ४१ करोड रुपैयाँ खुद खुुद नाफा कमाएको बताईन । यसैगरी आ.व.२०७३—०७४ को अन्त सम्ममा कम्पनीको कुल लगानी १९ दसमलव ४२ प्रतिशतले बृद्धि भई १६ सय ९६ करोड रुपैयाँ पुुगेको र कम्पनीको बीमा कोष गत बर्षको तुुलनजामा २० दसमलव ८० प्रतिशतले बृद्धि भई २०७४ असार मसान्त सम्ममा ज्ञठ अर्ब २९ करोड रुपैयाँ पुगेको जानकारी दिए ।
सभामा अध्यक्षले कम्पनी पूँजीको हिसाबले समेत सवल भएको र गत साधारण सभावाट पारित निर्णय अनुसार ६० प्रतिशत हकप्रद शेयर जारी प्रक्रृया सम्पन्न भई समिक्षा वर्षको प्रस्तावित वोनस शेयर समेत गरी कूल चुक्ता पूँजी तीन अर्ब भन्दा बढी हुन जाने जानकारी दिईन् । कम्पनी आफ्नो शाखाहरु विस्तार गरी थप सुविधायुक्त बनाउने तर्फ प्रयत्नशील छ र यसवाट ब्यवसायमा सकारात्मक प्रभाव पारेको छ । सभामा अध्यक्षले लगानी विविधिकरण गरी लामो अवधिको लगानी बृद्धि गरी कम्पनीको प्रतिफल बृद्धि गर्ने तर्फ कम्पनीको प्रयास केन्द्रित रहेको अवगत गराए । आगामी दिनहरुमा नेपाली बीमा बजारमा थप अद्यावधिक बीमालेखहरु प्रवेश गराउन र आफ्ना ग्राहकवर्गलाई प्रदान गर्ने सेवाको गुणस्तरमा बृद्धि गर्न कम्पनी सदैव प्रयासरत रहने समेत अध्यक्षले सभामा जानकारी गराए ।
कम्पनीको ३० औं वार्षिक साधारण सभाले आव २०७३—०७४ को लागि चुक्ता पुंजीको १३ दशमलव पाँच प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि नगद लाभांस १८ करोड ८२ लाख सात हजार १० रुपैयाँ समेत पारित गरेको छ ।

प्रकाशित मिति : चैत्र १७, २०७५ आईतबार  ८ : १९ बजे