काठमाडौ चैत, १७–
साताको पहिलो कारोबार दिन आज आईतबार नै नेप्से ओरालो लागेको छ । नेप्से आज शुन्य दशमलव ९१ अंकले घटेर ११ सय ४३ दशमलव ५९ अंकमा झरेको छ । यसैगरी सेन्सिटिभ पनि शुन्य दशमलव १२ अंकले घटेर दुुई सय ४३ दशमलव ३६ अंकमा झरेको छ । आज एक सय ६५ कम्पनीहरुको पाँच हजार सात सय ७७ वटा कारोबारमा नौ लाख ५० हजार छ सय ४३ कित्ता सेयर किनबेच भएको छ भने सेयर कारोबार रकम २६ करोड ६० लाख छ हजार आठ सय १० रुपैयाँ पुुगेको छ ।
आज १० वटा समुहको कारोबार भएकोमा सात वटा समुहले सुचक रातो देखिए पनि तीन वटा समुहको सुचक बढेर हरियो देखिएको छ । ति मध्ये वाणिज्य बैंक समुहको सुचक शुन्य दशमलव २२ अंकले बढेर नौ सय ८९ दशमलव ५० अंकमा पुुगेको छ भने उत्पादनमुलक र अन्य समुहको सुचक पनि बढेको छ । बिकास बैंक समुहको सुचक भने एक दशमलव ३२ अंकले घटेर १४ सय ५० दशमलव ३७ अंकमा झरेको छ । यि बाहेक जलबिद्युुत, निर्जिवन बीमा, जीवन बीमा, होटल, फाईनान्स र लघुुबित्त समुहको सुचक पनि घटेकाछन् ।
कमाउने कम्पनीहरुको सुचीमा आज अरुण कावेली हाईड्रो पावर कम्पनी, मल्टीपर्पोस फाईनान्स आदि परेकाछन् भने गुमाउने कम्पनीहरुको सुचीमा युनिभर्र्सल पावर कम्पनी, राधी जलबिद्युुत कम्पनी आदि परेकाछन् । कारोबार भएको रकमका आधारमा भने आज बैंक अफ काठमाडौं, प्रभुु बैक आदि अगाडि परेकाछन् ।
१७ चैत्र २०७५, आइतबार
0
Shares