नेपाली जनसम्पर्क समिति मलेसियाले हावाहुरीबाट पिडित परिवारलाई पचास हजार सहयोग गर्ने



मलेसिया-

नेपाली जनसम्पर्क समिती मलेसियाले नेपालको बार पर्सा लगायतका क्षेत्रमा आएको हावा हुरी सहितको आधीबाट हुन गएको जनधनको क्षति प्रती दुख ब्यक्त गरेको छ ।

समितिले एक बिज्ञप्ति जारी गर्दै घटना परी मृत्यु हुनेहरुका परिवार प्रती सहानुभुती ब्यक्त गर्दै सबै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।साथै घाइतेहरुको उपचारको उचित प्रबन्ध मिलाउन समेत सरोकारवाला सबैलाई आग्रह गरेको छ ।

देश भित्र दुखको अवस्था सिर्जना हुँदा त्यसमा सहयोग पुर्याउनु जहाँ जहाँ रहेका भय पनि पनि सबै नेपालीहरुको दायित्व भएको स्मरण गर्दै जनसम्पर्क समिती मलेसियाले घटनामा परी पिडित भएका परिवारहरुलाई समितिको तर्फबाट पचास हजार सहयोग गर्ने निर्णय समेत गरेको छ ।

रोजगारी र बिभिन्न पेशाको क्रममा मलेशियामा रहेर नेपाली कांग्रेस निकट नेपालिहरुको संस्था नेपाली कांग्रेस जनसम्पर्क समिति मलेसियाले मलेसियामा रहेका सबै नेपालिहरुको साझा संस्थाको रुपमा काम गर्दै त्याहा रहेका नेपालीहरुका समस्याहरु समाधान गर्न निरन्तर प्रयास गर्दै आइरहेको छ, त्यस्तै बिभिन्न कारणले कोही नेपालिहरु समस्यामा पर्दा समेत जनसम्पर्क समितिले सक्दो मद्दत गर्दै आइरहेको छ ।

बिज्ञप्ति

प्रकाशित मिति : चैत्र २४, २०७५ आईतबार  ७ : ५३ बजे