पूर्व सांसद तथा उद्योगपति दिबाकर गोल्छाको निधन, कांग्रेसद्वारा दुःख व्यक्त



काठमाडौं चैत, २७–
पूर्व सांसद समेत रहेका उद्योगपति दिवाकर गोल्छाको निधन भएको छ । २०६४ को संविधानसभामा नेपाली कांग्रेसका तर्फबाट सभासद बनेका गोल्छाको मंगलबार राति भारतको चेन्नईमा उपचारका क्रममा निधन भएको हो ।

मृगौला सम्बन्धी समस्याबाट पीडित स्वर्गीय गोल्छा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष समेत थिए । स्वर्गीय गोल्छा नेपालको औद्योगिक क्षेत्रमा एक सम्मानित व्यक्तित्व थिए ।

उनको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन् । पार्टिका तर्फबाट  जारी गरिएको शोक विज्ञप्तिमा शभापती देउबाले नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष समेत रहनु भएका स्वर्गीय गोल्छा नेपालको औद्योगिक क्षेत्रमा एक सम्मानित व्यक्तित्वको रुपमा हुनुहुन्थ्यो भनेका छन ।

सभापति देउवाले उनको निधनबाट नेपालको औद्योगिक क्षेत्रमा अपूरणीय क्षति पुगेको र राष्ट्रले एक कुशल उद्योगपतिलाई गुमाउनु परेको बताएका छन् ।

साथै, उनको आत्माको चीर शान्तिको कामना गर्दै उनका शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।

प्रकाशित मिति : चैत्र २७, २०७५ बुधबार  ६ : ०१ बजे