उच्च अदालतका १७ न्यायाधीशले लिए पद तथा गोपनियताको शपथ



काठमाडौं चैत, २७–
न्यायाधीश सिफारिसमा बिरोध हुँदा हुँदै उच्च अदालतमा सिफारिस १७ जनाले शपथ लिएका छन् । प्रधान्यायाधीश चोलेन्द्रशमसेर राणाले बुधबार उनीहरुलाई शपथ गराएका हुन् ।
न्यापरिषद्ले गत एक हप्ता अघि उनीहरुलाई न्यायाधीशमा सिफारिस गरेको थियो । आज सर्वोच्च अदालतमा आयोजित एक कार्यक्रमकाबीच उनीहरुले पद तथा गोपनियताको शपथ लिएका हुन् ।

न्यायपरिषदले उच्च अदालतका लागि १८ न्यायाधीश सिफारिस गरेको थियो । उच्च अदालतमा वैशाख ३ गते खाली हुने पदका लागि पनि पहिलै सिफारिस गरिएको हो । १८ मध्ये एक जना न्यायाधीशले उक्त पद खाली भएपछि नियुक्ति पाउने गरी सिफारिस गरिएको हो ।

नायब महान्यायाधीवक्ता किरण पौडेल, सर्वोच्चका रजिष्ट्रार महेन्द्रनाथ उपाध्याय, सत्य निरूपण तथा मेलमिलाप आयोगका सचिव रमेश ढकाल नियुक्त भएका छन् ।

यसअघि पुनरावेदन अदालतमा अतिरक्त न्यायाधीश बनेकी निलम पौडेल, सर्लाही जिल्ला अदालतका न्यायाधीश राजेशकुमार काफ्ले, रौतहटका लेखनाथ ढकाल, चितवनका कुलप्रसाद शर्मा, भक्तपुरका मोहम्मद जुनेद आजाद, ललितपुरका बालमुकुन्द दवाडी, पर्साका नगेन्द्रलाल कर्ण उच्च अदालतका न्यायाधीश भएका छन् ।

अधिवक्ताहरू जगतबहादुर थापा, सरलाकुमारी पाण्डे, विमल सुवेदी, रेणुका शाह, डालकुमार खड्का, उज्जवल शुक्ल र नवराज थपलिया न्यायाधीश सिफारिस भएका छन् ।

प्रकाशित मिति : चैत्र २७, २०७५ बुधबार  १० : ५१ बजे