काठमाडौं चैत, २८– गत चैत २६ गते बसेको मन्त्रिपरिषद् बैठकले सरकारका ५ वटै क्षेत्रीय प्रशासन कार्यालय खारेज गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले ती कार्यालयहरुमा रहेका अभिलेखहरु सम्वन्धित मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा हस्तान्तरण गर्ने निर्णय समेत गरेको हो । बिहिबार मन्त्रिपरिष्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता गोकुल बास्कोटाले क्षेत्रीय प्रशासन कार्यालय हेटौडा,पोखरा, सुर्खेत, दिपायल र धनकुटास्थित क्षेत्रिय प्रशासन कार्यालय खारेज गरेको बताएका हुन् ।










