काठमाडौं चैत, २८–
यो बर्षको अन्तिम सेयर कारोबार दिन आज बिहिबार पनि नेप्से घटेको छ । आज नेप्से शुन्य दशमलव ५९ अंकले घटेर ११ सय ८४ दशमलव दुुई अंंकमा झरेको छ भने सेन्सिटिभ शुन्य दशमलव शुन्य छ अंकले बढेर दुुई सय ५३ दशमलव ६४ अंकमा चढेको छ । आज एक सय ७० वटा कम्पनीहरुको छ हजार छ सय ६० वटा कारोबारमा १२ लाख ५१ हजार दुुई सय ४१ कित्ता सेयर किनबेच भएकाछन् भने सेयर कारोबार रकम ३९ करोड ६४ लाख २१ हजार पाँच सय एक रुपैयाँ पुुगेको छ ।
आज १० वटा समुहको कारोबार भएकोमा छ वटा समुहले कमाउँदा चार वटा समुहले गुमाएकाछन् । कमाउने समुहमा परेको वाणिज्य बैक समुहको कारोबार सुचक शुन्य दशमलव ५५ अंकले बढेर एक हजार ५२ दशमलव १२ अंकमा पुुग्दा सोही समुहमा परेको विकास बैंक समुहको सुचक पनि एक दशमलव २९ अंकले बढेर १४ सय ७९ दशमलव ७० अंकमा चढेको छ । यसैगरी निर्जिवन बीमा, जीवन बीमा, जलबिद्युुत र लघुबित्त समुहको पनि परिसुचक बढेर हरियो भएको छ । होटल, जलबिद्युुत, फाईनान्स र उत्पादनमुुलक समुहको सुचक भने घटेर रातो देखिएको छ ।
कमाउने कम्पनीहरुको सुचीमा आज एभरेष्ट इन्स्योरेन्स कम्पनी, एनएलजी इन्स्योरेन्स कम्पनी आदि परेकाछन् भने गुुमाउने कम्पनीहरुको सुचीमा घलेम्दी हाईड्रो पावर कम्पनी जेबिल्स फाईनान्स आदि परेकाछन् । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा कुमारी बैंक, एनएमबि बैंक लगायतका कम्पनीहरु परेकाछन् ।
२८ चैत्र २०७५, बिहिबार
0
Shares