ओखलढुंगा
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व श्रम मन्त्री रमेश लेखकले ओली सरकार भ्रस्टाचारको भारी थेग्न नसकेर आफै ढल्ने दाबी गरेका छन ।
प्रेस युनियन ओखलढुंगाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले ‘अपराध र भ्रष्टाचारमा डुबेको वर्तमान सरकार पाकेको फर्सीजस्तो भएको टिप्पणाी गर्दै नेता लेखकले ओली सरकार पाकेको फर्सी भएकाले आफै झर्ने टिप्पणी गरे ।
पूर्व मन्त्री समेत रहेका नेता लेखकले देशैभरि डोजरको खेती चलिरहेको , विकास निर्माणका नाममा भ्रष्टाचार भइरहेकाले यसमा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि जोगिनु पर्नेमा जोड दिए ।
सरकार पानीजहाज र रेलको सपनामा नागरिकलाई भुलाएर विकास होइन भ्रष्टाचार गर्न तल्लीन रहेको भनाइ राख्दै नेता लेखकले सरकारका गतिविधिले राष्ट्रिय रुपमा नैराश्यता आएकाले नागरिकलाई निराश हुन नदिन का्रग्रेसले भूमिका खेल्ने बताए ।