मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देशबासीका नाममा बालुवाटारबाट प्रधानमन्त्रीको सम्बोधनः सरकारको सक्दो बचाउ गर्ने प्रयास



काठमाडौँ वैशाख, १–
प्रधानमन्त्री केपी शर्मा ओलीले  नयाँ वर्षको अवसरमा देशबासीको नाममा सम्बोधन गरेका छन् । आईतबार बिहान  देशभित्र र वाहिर रहेका  नेपालीलाई शुभकामना सन्देश दिदै प्रधानमन्त्रीले सम्बोधन गरेका हुन ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट सम्बोधन गर्दै उनले सरकारले गरेका कामहरुको सक्दो बचाउ गरेका छन ।सरकार चौतर्फी आलोचना बढी रहेका बेला नयाँ बर्षको शुभकामना सन्देश मार्फत प्राधानमन्त्री ओलिले उनले नेतृत्व गरिरहेको बर्तमान सरकारको सक्दो बचाउ गरेका हुन ।सम्बोधनमा  सम्बृद्धिको पुर्व सर्त शान्ति भएको र शान्तिका लागि वितेको बर्षमा मुलुकले राजनीतिक रुपले महत्वपुर्ण उपलब्धि हासिल गरेको प्रधानमन्त्री ओलिले   दाबी गरे । उनले सिके राउतसंग भएको राजनीतिक सहमति निकै महत्वपुर्ण भएको उल्लेख गरे । उनले भने “अलग देश, अलग राष्ट्रिय झण्डा, अलग राष्ट्रियगान र अलग संविधानको अभियान चलाउदै आएको समुहले नेपालको संविधान अनुरुप  राजनीतिक क्रियाकलापमा सहभागी हुने घोषणा गर्नु सामान्य विषय होइन । यससंगै मुलुकबाट पृथकतावादको अन्त्य भएको छ भन्ने सुनाउन पाउदा मैले सन्तोष अनुभव गरिरहेको छुसम्बोधनमा प्रधानमन्त्री ओलिले  देशभित्र र वाहिर रहेका समस्त नेपालीलाई शुभकामना सन्देश दिदै  मुलुक सम्मुन्नत विकासको पथमा लम्किएको भन्दै २०७६ साल विशेष उपलब्धिमूलक बर्ष हुने बताए । २०७५ साल नीति निर्माण र विकासको आधार तयार गर्ने सन्र्दभमा पनि निकै उपलब्धिमूलक रहेको उल्लेख गरे ।सम्बोधनमा उनले सरकारले गरेका कामहरुको सक्डो बचाउ गरे ।

प्रकाशित मिति : १ बैशाख २०७६, आइतबार  ४ : १२ बजे