प्रहरी प्रधान कार्यालय बेरूजु फर्छ्यौट मापनमा सर्वोत्कृष्ट, गृहमन्त्रीद्वारा आइजीपी सम्मानित



काठमाडौं वैशाख, ५–
गृह मन्त्रालयले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई सम्मान गरेको छ । प्रहरी प्रधान कार्यालय बेरूजु फर्छ्यौट मापनको वर्गीकरणमा सर्वोत्कृष्ट भएपछि आईजीपी सम्मानित भएका हुन् ।
प्रहरी प्रधान कार्यालय र अन्तर्गतका निकायहरूको बेरूजु फर्छ्यौटमा सर्वोकृष्ट स्थान प्राप्त गरकोमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले बिहिबार एक कार्य्रकमबीच खनाललाई सम्मान गर्दै प्रशंसापत्र प्रदान गरेका हुन्।

आईजीपी खनाललाई आर्थिक वर्ष ०७३÷०७४ सम्मको बेरूजु रकममध्ये ८५ दशमलव १४ प्रतिशत प्रहरी प्रधान कार्यालयको बेरूजु फर्छ्यौट गरेको भन्दै सम्मान गरिएको हो। आर्थिक वर्ष ०७३÷०७४ सम्मको जम्मा बेरूजु ६८ करोड ४१ लाख ७० हजारमध्ये ५८ करोड २५ लाख १८ हजार प्रहरी प्रधान कार्यालयले फर्छ्यौट गरेको थियो।
गृहमन्त्री थापाले आगामी दिनमा समेत यसरी नै लक्ष्य अनुसार फर्छ्यौट कार्यमा लगनशीलता र सक्रियता अपेक्षा गरिएको बताए ।

प्रकाशित मिति : बैशाख ५, २०७६ बिहिबार  ८ : १७ बजे