बन्द सफल भएको बिप्लबको दाबी : थप सङ्घर्ष जरुरी भएको निष्कर्ष



काठ्माण्डौ, बैशाख ५-

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आयोजना गरेको नेपाल बन्द सफल भएको दाबी गर्दै बन्द सफल पार्न सहयोग गर्ने सबैलाई धन्यबाद ज्ञपन गरेको छ ।

बिहिबार उक्त पार्टीका महासचिव नेत्र बिक्रम चन्द विप्लवले एक विज्ञप्ति जारी गर्दै बन्द सफल भएको जनाएका हुन । बिप्लब नेकपाले विज्ञप्तिमा जनताको वास्तविक मुक्तिका लागि पार्टीले आन्दोलन गरेको दाबी गर्दै बर्तमान सरकार राष्ट्रघाती र जनबिरोधी बाटोमा अघी बढेको आरोप लगाएको छ।बिज्ञप्तिमा उक्त पार्टिले थप नयाँ आन्दोलनको जरुरी भइ सकेको समेत बताएको छ ।
बिप्लब नेतृत्वको नेकपालाई सरकारले प्रतिबन्ध लगाएपनी प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस लगायत अन्य दलले सरकारको निर्णय गलत भएको भन्दै  बार्तामार्फत समस्याको समाधान खोज्नुपर्ने बताइरहेका छन ।

विज्ञप्ति-

प्रकाशित मिति : बैशाख ५, २०७६ बिहिबार  ३ : २३ बजे