काठ्माण्डौ-
काङ्ग्रेस महामन्त्री शशाङ्क कोइरालाले नेपाली काङ्ग्रेस आबद्द युबा बिधार्थीहरुलाई इतिहास र इतिहासले सुम्पेको गौरब नभुल्न आग्रह गर्दै काङ्ग्रेसको भबिश्य अब युबा बिधार्थीको हातमा रहेको बताएका छन ।
आज काठ्माण्डौमा हाम्रो नेविसंघ सँगठित र प्रशिक्षित नेविसंघ अभियानले गरेको एक कार्यक्रममा काङ्ग्रेस आबद्द युबा बिधार्थीहरुलाई नेविसंघ स्थापना दिबसको शुभकामना दिदै महामन्त्री कोइरालाले इतिहासको स्मरण गर्दै भबिष्यको नयाँ अध्याय शुरु गर्ने जिम्मेवारी युबा पुस्ताको काधमा रहेको बताएका हुन । ।
बिपी कोइराला गणेषमान सिंह ,कृष्ण प्रसाद भट्टराइ लगायतका नेताहरुको सङ्घर्ष ,त्याग , शाहस र सादगीको स्मरण गर्दै महामन्त्री कोइरालाले देश लाई अझै पनि नेपाली काङ्ग्रेसकै नेतृत्वको खाचो रहेको बताए । कोइरालाले पार्टी भित्र बृहत एकताको आवाश्यकता रहेकोमा पनि जोड दिए ।
कार्यक्रममा काङ्ग्रेस केन्द्रिय सदस्य महालक्ष्मी उपाध्याय ‘डीना’ , नेविसंघ पूर्व महामन्त्री उमेश जङ रायमाझि, नेविसंघ निबर्तमान उपाध्यक्ष खड्ग डागी लगायतले आ-आफ्नो धारणा राखेका थिय ।
अभियानले हरेक हप्ता बिभिन्न समसामयिक बिशयमा छल फल तथा अन्तर्कृया कार्यक्रम गर्दै आइरहेको छ ।