मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तनहुँको दलित वस्तीमा कांग्रेस केन्द्रीय नेताहरुकै सहभागीतामा सहभोजन कार्यक्रम सम्पन्न



तनहुँ वैशाख, ६–
शुक्रबार तनहुँमा युवा जागरण अभियानको आयोजनामा सह–भोजन कार्यक्रम सम्पन्न भएको छ । भानु नगरपालिका–२ स्थित दलित वस्तीमा नयाँ बर्ष २०७६को उपलक्ष्यमा आयोजित सहभोज कार्यक्रमको प्रमुख अतिथि कांग्रेस केन्द्रीय सदस्य जीवन परियार रहेका थिए । युवा जागरण अभियानका संयोजक चिन्तन पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमका अन्य विशिष्ट अतिथिहरुमा कांग्रेस केन्द्रीय सदस्य गुरु घिमिरे र सांसद प्रकाश स्नेहि रहेका थिए भने अथितिहरुमा वरिष्ठ अधिवक्ता यदुनाथ खनाल, सांसद दोबाटे बिक, सांसद सरिता गुरुङ, तनहु नेपाली काँग्रेसका कार्यवाहक सभापति जित प्रसाद आले, महासमिति सदस्य बिनिता अधिकारी,भानु नगर सभापति श्रिभक्त आचार्य, वडाध्यक्ष अर्जुन खड्का, प्रजातान्त्रिक समाज केन्द्रका अध्यक्ष रबिन कोइराला,तरुण नेता लाल बहादुर जिसि, नेतृ सर्मिला थापा, नेविसंघ नेता भुवन भट्ट, ने.विसंघ तनहुँ काठमाडौ सम्पर्क समिति अध्यक्ष प्रविन कैनि, विद्यार्थी नेता श्रिकृष्ण लामिछाने लगायत रहेका थिए ।

दलित समुदायका करिब ३ सय महिला,पुरुषहरुको सहभागीता रहेको थियो । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीवन परियार,गरु घिमिरे लगायतले दलितका अधिकार नेपाली कांग्रेसकै नेतृत्वमा स्थापित भएको बताए । उनीहरुले दलितको पक्षमा वकालत गर्ने पार्टी कांग्रेस मात्रै दाबी समेत गरे । केन्द्रीय सदस्य गुरु घिमिरेले नेपाली कांग्रेस स्थापना हुँदा पनि विपि कोइरालाले दलित समुदायका नेता देव्रत परियारलाई साथमा राखेको स्मरण गरेका थिए । उनले दलितप्रति नेपाली कांग्रेसको व्यवहार सँधै उदार रहेको तर सामाजिक आचरण र कमजोरिका कारण दलितप्रति विभेद आजसम्म समाजमा जिवित रहेको उनको भनाइ थियो । उनले युवा जागरण अभियानको प्रयासले यसको अन्त्य गर्न मद्दत गर्ने विश्वास समेत व्यक्त गरे ।

कार्यक्रमका सभापति समेत रहेका जागरण अभियानका संयोज चिन्तन पौडेलले २००७ साल बाट नै नेपाली कांग्रेसले जातिय भेदभावको अन्त्यका लागि आन्दोलन गरेको उल्लेख गरे । उनले २०२०सालमा छुवाछुतको अन्त्य भई २०७२ सालको संविधानमा समेत दलितका अधिकार सुनिश्चित गरि भेदभाव गर्नेमाथि दण्डको व्यवस्था गरिएको बताए । यद्यपि, आजका दिनसम्म आचरणमा सामाजिक भेदभाव,छुवाछुत अन्त्य नभएकोले युवा जागरण अभियानले नयाँ सामाजिक आन्दोलनको सुरुवात गरेको बताए । व्यवस्था परिवर्तन मात्रै समृद्ध मूलुक निर्माण हुन सक्दैन ।


मानिसको भावना, बवचार र चेतनाको बिकास हुन जरुरी छ भन्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा सहभागि दलित समुदायका महिला र पुरुषहरुसँगै उपस्थित नेता, कार्यकर्ताहरुले सहभोजन गरि नयाँ वर्षको शुभकामना आदान प्रदान समेत गरेका थिए ।

कार्यक्रममा सहभागी दलित समुदायका महिलाहरुले युवा जागरण अभियानले आफ्नो सम्मानका लागि नया बर्षको उपलक्ष्यमा सहभोजन कार्यक्रम राखेको खुशी व्यक्त गरेका थिए । दलित अगुवा तथा स्थानीय स्कुल प्रअ नारायण वस्यालले भने, ‘दलित भनेर हामीलाई हेपिन्छ तर, आज आफ्नै आँगनमा नेताहरुसँग सहभोजन गर्न पाउदा खुशी लागेको छ ।’

प्रकाशित मिति : ६ बैशाख २०७६, शुक्रबार  ३ : १४ बजे