काठ्मान्डौ, बैशख ८-
श्रीलंकाको राजधानी कोलम्बोमा भएको श्रृङ्खलावद्ध वम विष्फोटमा परी ठूलो संख्यामा मानिसहरुको मृत्यु भएको र सयौं जना गम्भीर घाइते भएको घटना प्रती नेपाली कांग्रेसले दुख ब्यक्त गरेको छ । कांग्रेसले आज एक बिज्ञप्ती जारी गर्दै यस घटनाले सम्पूर्ण विश्वलाई नै शोक विह्वल र स्तब्ध बनाएको बताएको छ ।
पार्टिका तर्फबाट शभापती शेर बहादुर देउबाले बिज्ञप्ती जारी गर्दै विश्वको जुनसुकै कुनामा हुने मानवता विरुद्धका यस्ता आतङ्ककारी घटनाको नेपाली कांग्रेस सदैव घोर निन्दा र भत्र्सना गर्दछ भनेका छन साथै हत्या, हिंसा र आतङ्क सदाका लागि अन्त्य गरिनु पर्दछ भन्ने नेपाली कांग्रेसको स्पष्ट धारणा रहँदै आएको उल्लेख गरेका छन । । साथै बिज्ञप्तिमा श्रीलंका सामु आइ परेको यस दुःखद क्षणमा पार्टीको तर्फबाट श्रीलंका सरकार र त्यहाँका जनताप्रति सहानुभूति प्रकट गर्दै घटनामा परी निधन भएका सबैप्रति श्रद्धाञ्जली र घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।










