नेकपामा ३३ जिल्लाको अध्यक्ष तत्कालिन माओवादीको पोल्टामा (नामसहित)



काठमाडौं वैशाख, ९–
एकता भएको करिब ११ महिनापछि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले ७७ वटै जिल्लाका पार्टी नेतृत्वको टुंगो लगाएको छ । आइतबार बसेको नेकपाको सचिवालय बैठकले एकता पछिको जिल्ला नेतृत्वको टुंगो लगाएको हो ।
७७ जिल्ला मध्ये तत्कालीन एमालेतर्फबाट ४४ र तत्कालीन माओवादी केन्द्रतर्फबाट ३३ जिल्लामा मुख्य नेतृत्व हुने सहमति भएको छ । जस अनुसार माओवादीतर्फबाट नेतृत्व गर्ने नेतृत्वको जिल्लाको सूचिलाई अन्तिम रुप दिएको छ ।
जसअनुसार प्रदेश १ मा ५, प्रदेश २ मा ४, प्रदेश ३ मा ५ जिल्लाको नेतृत्व तत्कालीन माओवादीको भागमा परेको छ । त्यसैगरी गण्डकी प्रदेशमा ४, प्रदेश ५ मा ५, कर्णालाीमा ६ र सुदूरपश्चिममा ४ जिल्लाको नेतृत्व माओावादीको भागमा परेको छ।

माओावदीको तर्फबाट अध्यक्ष भएको ठाउँमा एमालेकोतर्फबाट सचिव रहने र एमालेकोतर्फबाट अध्यक्ष भएको ठाउँमा माओवादीतर्फको सचिव हुने गरी सहमति गरिएको छ ।
प्रदेश १

ताप्लेजुङ: खेलप्रसाद बुढाथोकी
सुनसरी: रामकुमारी चौधरी
उदयपुर: विनोद कटुवाल दिनेश
खोटाङ : देवान चाम्लिङ
ओखलढुंगा: मोहन कुमार खड्का

प्रदेश २
बारा: गोपाल ठाकुर
सर्लाही: डाचाराज वाग्ले
धनुषा: जोखकुमार बर्बरीया
सिराहा: रामकुमार यादव

प्रदेश ३:

चितवन: यमवहादुर परियार
सिन्धुली: राजन दाहाल
नुवाकोट: हिरानाथ खतिवडा
काभ्रे: रुकु चौलागाई
रामेछाप: मैनकुमार मोक्तान ९मदन०

गण्डकी प्रदेश

गोरखा: जगन्नाथ खनाल
लमजुङ : मधुमाया अधिकारी
म्याग्दी: गोविन्द पौडेल
स्याङजा: पारस गैरे

प्रदेश ५

बांके : आइपी खरेल
बर्दिया: भवनकुमार थारु
रोल्पा: सुरेन्द्र थापा धु्रव
पूर्वी रुकुम: मेघबहादुर श्रेष्ठ
नवलपरासी: राजुप्रसाद हरिजन

कर्णाली प्रदेश

रुकुम पश्चिम: गोपाल शर्मा (अनल)
जाजरकोट: ढकविर राना
जुम्ला: सुरेश पहाडी
हुम्ला: विजय भण्डारी
कालिकोट : दुर्गबहादुर रावत
मुगु: सुखवीर बुढा

सुदुरपश्चिम प्रदेश

दार्चुला: गणेश खत्री
डडेलधुरा: मानसिंह माल
कञ्चनपुर: वीरबहादुर थापा
वझाङ: कलकबहादुर खड्का

प्रकाशित मिति : बैशाख ९, २०७६ सोमबार  ७ : ४७ बजे