मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज नेप्से बढे पनि कमाउने भन्दा गुमाउने धेरै



काठमाडौं वैशाख, १०–
अघिल्लो दिन सोमबार नेप्से घटेपनि कारोबार रकम बढेकोमा साताको तेस्रो कारोबार दिन आज मंगलबार भने नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । नेप्से आज तीन दशमलव ७४ अंकले बढेर १२ सय ६० दशमलव ६८ अंकमा चढेको छ । यसैगरी सेन्सिटिभ पनि शुन्य दशमलव नौ अंकले बढेर दुुई सय ७२ दशमलव २७ अंकमा चढेको छ । आज एक सय ७६ वटा कम्पनीहरुको छ हजार छ सय ६० वटा कारोबारमा १८ लाख एक हजार पाँच सय २२ कित्ता सेयर खरिद बिक्री भएकाछन् भने सेयर कारोबार रकम ६१ करोड ४१ लाख ४७ हजार चार सय ११ रुपैयाँ पुुगेको छ ।
आज ११ वटा समुहको कारोबार भएकोमा पाँच वटा समुहले कमाउँदा छ वटा समुहले गुमाएका छन् । कमाउने समुहमा परेको वाणिज्य बैंक समुहको सुचक छ दशमलव ६६ अंकले बढेर ११ सय ६० दशमलव ४० अंकमा पुुग्दा विकास बैंक समुहको सुचक पनि शुन्य दसमलव ५७ अंकले बढेर १५ सय १३ दशमलव २२ अंकमा चढेको छ । निर्जिवन बीमा, फाईनान्स, उत्पादनमुुलक समुहको सुचक पनि बढेका छन् । जलबिद्युुत, जीवन बीमा, टे«डिङ, होटल, अन्य र लघुुबित्त समुहको सुचक पनि आज घटेका छन् ।
कमाउने कम्पनीहरुको सुचीमा आज एभरेष्ट इन्स्योरेन्स कम्पनी, श्री इन्भेष्टमेन्ट एण्ड फाईनान्स कम्पनी आदि परेका छन् भने गुमाउने कम्पनीहरुको सुचीमा घलेम्दी हाईड्रो पावर कम्पनी, अरुण कावेली पावर लिमिटेड आदि परेकाछन । यसैगरी रकम कारोबारका आधारमा भने आज छिमेक लघुुबित्त बित्तीय संस्थ, नेपाल बैंक आदि परेका छन् ।

 

प्रकाशित मिति : १० बैशाख २०७६, मंगलबार  १० : १० बजे