काठमाडौंमा शक्तिशाली भूकम्पको धक्का



काठमाडौं वैशाख, ११–
बुधबार बिहानै राजधानीमा भूकम्पको धक्का महसुश भएको छ । बिहान ६ः२९ मा धादिङको नैबिसे केन्द्रबिन्दु बनाएर ५ दशमलव २ रिक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । बिहानै मानिसहरु भागाभाग गर्दै घरबाहिर निक्लिएका थिए ।

प्रकाशित मिति : बैशाख ११, २०७६ बुधबार  १ : २८ बजे