विध्वंशकारी गतिविधि गरेकै कारण विप्लवमाथि प्रतिबन्ध लाउनुपर्योः गृहमन्त्री थापा



विराटनगर वैशाख, १२–
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले विप्लव समूहलाई मूलधारमा ल्याउन सरकार लागिरहेको बताएका छन् । सुरक्षा गोष्ठीलाई सम्बोधन विराटनगर आईपुगेका गृहमन्त्री थापाले बुधबार विप्लव समूहको गतिविधि निस्तेज पार्न सरकार सफल भएको दाबी समेत गरेका हुन् ।

गृहमन्त्री थापाले भने, ‘विप्लव समूहको गतिविधि निस्तेज भएको छ । यसलाई पूर्ण निस्तेज पार्न सरकारले नीतिहरु अख्तियार गरेको छ ।’
उनले विप्लव समस्याको समाधान सरकारले वार्ता र संवादबाटै गर्न चाहेको पनि उक्त अवसरमा प्रष्ट पारे । ‘विखण्डनकारी शक्ति (सीके राउत) लाई समेत हामीले वार्ता र संवादबाटै मूलधारको राजनीतिमा अवतरण गराइसकेका छौं । विप्लवजी पनि अब वार्तामा आउनुपर्छ’, कुनै बेलाका आफ्ना सहयात्रीलाई संवादमा आउन सुझाउँदै उनले भने ।

विप्लव समूहले विध्वंशकारी गतिविधि गरेकाले सरकारले नियन्त्रणमा लिएको गृहमन्त्री थापाको भनाइ छ ।
जुन सुकै उद्देश्य बोकेका राजनीतिक दललाई शान्तिपुर्ण आन्दोलन गर्ने छुट छ । तर शान्ति सुरक्षामा खलल पुर्‍याउने छुट कसैलाई छैन’, गृहमन्त्री थापाले भने ।

फरक प्रसंगमा उनले वर्ष ०७६ लाई सरकारले समृद्धिको वर्ष मानेको बताए । यसका लागि आवश्यक पूर्वाधार तयारीमा सरकार जुटेको उनको भनाइ छ ।

प्रकाशित मिति : बैशाख १२, २०७६ बिहिबार  ६ : २७ बजे