मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज पनि नेप्सेमा हरियाली



काठमाडौं वैशाख, १२–
साताको अन्तिम कारोबार दिन आज बिहिबार पनि नेप्सेमा हरियाली आएको छ । नेप्सेमा आज १० वटा समुहको कारोबार भएकोमा १० वटै समुहको सुचक बढ्दा नेप्से पुरै हरियो देखिएको हो । आज नेप्से १२ दशमलव ८३ अंकले बढेर १२ सय ९२ दशमलव १२ अंकमा पुग्दा सेन्सिटिभ पनि दुुई दशमलव ७३ अंकले बढेर दुुई सय ७९ दशमलव ६७ अंकमा चढेको छ । आज एक सय ७६ कम्पनीहरुको १३ हजार एक सय ४८ वटा कारोबारमा ४५ लाख २१ हजार नौ सय ६६ कित्ता सेयर किनबेच भएकाछन् भने सेयर कारोबार रकम एक अर्ब ३५ करोड ८४ लाख १५ हजार नौ सय ७७ रुपैयाँ पुुगेको छ ।
आज वाणिज्य बैंक समुहको सुचक १० दशमलव नौ अंकले बढेर ११ सय ९७ दशमलव ६९ अंकमा चढेकोमा बिकास बैंक समुहको सुचक पनि २१ दशमलव पाँच अंकले बढेर १५ सय ८४ दशमलव ९७ अंकमा चढेको छ । जलबिद्युुत समुहको सुचक पनि पाँच दशमलव २४ अंकले बढेर ११ सय ३० दशमलव १९ अंकमा चढेको छ । यि बाहेक आज लघुुबित्त, निर्जिवन बीमा, जीवन बीमा, होटल, फाईनान्स, उत्पादनमुुलक र अन्य समुहको सुचक पनि बढेकाछन् ।
कमाउने कम्पनीहरुको सुचीमा आज एभरेष्ट इन्स्योरेन्स कम्पनी, कृषि बिकास बैंक आदि परेकाछन् भने गुुमाउने कम्पनीहरुको सुचीमा तारागाउँ रेजिडेन्सी होटल, नेशनल माईक्रो फाईनान्स बित्तीय संस्था आदि परेकाछन् । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने नेपाल बैंक, एनसीसी बैंक आदि परेकाछन् ।

प्रकाशित मिति : १२ बैशाख २०७६, बिहिबार  १० : ०१ बजे