मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालमा विकासको नयाँ मोडल सुरु गर्ने मनमोहन अधिकारी नै होः प्रधानमन्त्री ओली



ललितपुर, वैशाख, १३
बैशाख,प्रधानमन्त्री केपी शर्मा ओलीले मनमोहन अधिकारीले नेपालमा विकासको नयाँ मोडल सुरु गरेको बताएका छन् ।
पूर्वप्रधानमन्त्री एवं तत्कालिन नेकपा(एमाले)का अध्यक्ष मनमोहन अधिकारीको २० औं स्मृति दिवसका अवरमा आज सानेपामा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
मनमोहनले सुरु गरेको आफ्नो गाउँ आँफैं बनाउँ कार्यक्रम नेपालका लागि नौलो विकासको मोडल भएको प्रधानमन्त्री ओलीको भनाइ छ । ‘मनमोहन अधिकारीले विकासको नयाँ मोडेल,सामाजिक सुरक्षा,अन्तर्राष्ट्रिय सम्बन्ध,कानुनी राज सुरु गर्नुभयो’ प्रधानमन्त्री ओलीले भने, ‘वहाँले थालेका अधुरा कामहरु वर्तमान सरकारले पुरा गर्छ ।’
प्रधानमन्त्री ओलीले मनमोहनका पालामा द्वन्द्व र राजतन्त्र फर्काउने दुईखाले चलखेल सुरु भएको बताए । ‘वहाँले ति समस्यालाई सजिलै समाधान गर्नुहुन्थ्यो तर वहाँसँग समय रहेन’ प्रधानमन्त्री ओलीले भने, ‘वहाँको उतराधिकारीको रुपमा हामीले १२ बुंदे सम्झौत मार्फत द्वन्द्वको समाधान ग¥यौं र राजतन्त्र सदाका लागि विदा ग¥यौं ।’
प्रधानमन्त्री ओलीले मनमोहनले विकास र समृद्धिका लागि त्यती बेलै धेरै काम गर्न खोजेको बताए । ‘वहाँले सुरु गरेको विकास र समृद्धिका योजना हामी पुरा गर्छौं’ प्रधानमन्त्री ओलीले भने ।

प्रकाशित मिति : १३ बैशाख २०७६, शुक्रबार  ७ : ५४ बजे