मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साताको पहिलो दिन शेयर बजारमा उच्च वृद्धि : डेड अर्ब माथिको कारोबार



काठमाडौं वैशाख, १५–
पहिलो कारोबार दिन आज आइतबार नै नेप्सेले छलाङ मारेको छ । नेप्से सुचक तथा कारोबार रकम दुुबै नै आज उच्च अंकले बढेका छन् । नेप्से २२ दशमलव ३९ अंकले बढेर १३ सय १४ दशमलव ५१ अंकमा पुुग्दा सेन्सिटिभ तीन दसमलव १८ अंकले बढेर दुुई सय ८२ दशमलव ८५ अंकमा चढेको छ । आज एक सय ७६ कम्पनीहरुको १६ हजार ७५ वटा कारोबारमा ४९ लाख २१ हजार ८४ कित्ता सेयर किनबेच भएका छन् भने सेयर कारोबार रकम एक अर्ब ६७ करोड ५९ लाख ३८ हजार आठ सय २० रुपैयाँ पुुगेको छ ।
आज १० वटा समुहको कारोवार हुंदा वाणिज्य बैंक समुह र फाईनान्स समुहले गुमाए पनि बाँकी समुहले कमाएका छन् । ति मध्ये विकास बैक समुहको सुचक छ दशमलव एक अंकले बढेर १५ सय ९१ दशमलव आठ अंकमा चढेको छ भने जलबिद्युुत समुहको सुचक ६२ दशमलव ५८ अंकले बढेर ११ सय ९२ दशमलव ७६ अंकमा चढेको छ । आज निर्जिवन बीमा, जीवन बीमा, होटल, उत्पादनमुुलक, अन्य र लघुुबित्त समुहको सुचक पनि बढेकाछन् ।
कमाउने कम्पनीहरुको सुचीमा आज राष्ट्रिय बीमा कम्पनी, आरएमडिसी लघुबित्त बित्तीय संंस्था आदि परेकाछन् भने गुुमाउने कम्पनीहरुको सुचीमा सनराईज बैंक, रिलायन्स फाईनान्स आदि परेकाछन् । कारोबार भएको रकमका आधारमा भने आज नेपाल बैंक, छिमेक लघुबित्त बित्तीय संस्था आदि परेकाछन् ।

प्रकाशित मिति : १५ बैशाख २०७६, आइतबार  १० : १० बजे