मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मेगा बैंकको मातातीर्थ औंशी लक्षित विशेष अफर सार्वजनिक



काठमाडौ वैशाख, १५–
मेगा बैंक नेपाल लिमिटेडले मातातीर्थ औंशीको अवसर पारेर ग्राहकहरुलाई विशेष अफर ल्याएको छ । सम्पूर्ण आमाहरुको सम्मानमा मेगा बैंकले मेगा बैंकको केन्द्रीय कार्यालय रहेको राइजिङ मलमा सपिङ गर्न चाहने ग्राहकहरुलाई विशेष अफर ल्याएको हो । फोन पे मोबाइल एपको क्यूआर कोड स्क्यान गरेर मेगा स्मार्ट बैंकिङ (कार्ड) मार्फत सपिङ गर्ने ग्राहकहरुलाई बैंकले १० प्रतिशतसम्मको छुट वा बढीमा एक हजार रुपैँया छुटको व्यवस्था गरेको हो ।
यो अफर बैशाख १५ गते आइतबारदेखि मातातीर्थ औंशीका दिन बैशाख २१ गते शनिबारसम्म रहनेछ । साताब्यापी अफरबाट लाभ लिन बैंकले ग्राहकवर्गलाई अनुरोध गरेको छ ।

प्रकाशित मिति : १५ बैशाख २०७६, आइतबार  १० : २१ बजे