मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लगातार बढेको शेयरको भाउ सोमबार ह्वात्तै घट्यो



काठमाडौं वैशाख, १६–
नेप्सेको उच्च वृद्धिदर टिक्न सकेन । अघिल्लो दिन बढेको नेप्से आज सोमबार पुुन घटेको छ । नेप्से आज चार दशमलव २१ अंकले घटेर १३ सय १० दशमलव ३१ अंंकमा झर्दा सेन्सिटिभ पनि एक दशमलव एक अंकले घटेर दुुई सय ८१ दशमलव ८४ अंकमा झरेको छ । आज एक सय ७४ कम्पनीहरुको १२ हजार पाँच सय ८९ वटा कारोबारमा ३० लाख १६ हजार चार सय ८० कित्ता सेयर किनबेच भएकाछन् भने सेयर कारोबार रकम एक अर्ब १९ करोड ७७ लाख ६९ हजार आठ रुपैयाँ पुुगेको छ ।
आज ११ वटा समुहको कारोबार भएकोमा छ वटा समुहको सुचक घटेर रातो देखिएपनि पाँच वटा समुहको सुचक बढेर हरियो भएको छ । वाणिज्य बैंक समुहको सुचक सात दशमलव आठ अंकले घटेर ११ सय ८० दसमलव ८६ अंकमा झर्दा विकास बैंक समुहको सुचक १४ दशमलव ३६ अंकले घटेर १५ सय ७६ दशमलव ७१ अंकमा झरेको छ । यसैगरी जलबिद्युुत, निर्जिवन बीमा, फाईनान्स र लघुबित्त समुहको सुचक पनि घटेकाछन् । उत्पादनमुुलक समुहको सुुचक भने आज नौ दशमलव ७३ अंकले बढेर दुुई हजार एक सय ३१ दशमलव १४ अंकमा चढेको छ । जीवन बीमा, ट्रेडिङ, होटल र अन्य समुहको सुचक पनि बढेकाछन् ।
कमाउने कम्पनीहरुको सुचीमा एनआईबिएल प्रगति फण्ड, लक्ष्मी ईक्विटी फण्ड आदि परेकाछन् भने गुुमाउने कम्पनीहरुको सुचीमा राधी जलविद्युुत कम्पनी, एभरेष्ट इन्स्योरेन्स कम्पनी आदि परेकाछन् । यसैगरी रकम कारोबार भएको आधारमा भने आज नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, नेपाल बैंक आदि परेकाछन् ।

प्रकाशित मिति : १६ बैशाख २०७६, सोमबार  १० : ०२ बजे